नेभिगेशन
प्रदेश

सिमकोटमा खानेपानीको अभाव

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् । 
सिमकोट गाउँपालिका–४ बुराउँसेस्थित ठाँडाढुंगाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्यांकीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताए । नाम्खा गाउँपालिका–१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको संकट देखा पर्न थालेको जनाए ।
पहिले–पहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने र रावतले यो वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्