नेभिगेशन
प्रदेश

सफारीचालक महिलालाई सम्मान

इनरुवा । इनरुवा नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सिटी सफारीका महिला चालकलाई सम्मान गरेको छ । नगरक्षेत्रमा आफ्नो जीविकोपार्जनसहित बालबालिकालाई शिक्षा र घरको गर्जो टार्न साहसिक काम गर्दै आएका सिटी सफारी महिला चालकलाई सम्मान गरेको हो ।
इनरुवाका सिटी सफारीचालक अनिता भट्टराई, लीला चौधरी, कल्पना पोखरेल, पार्वती भट्टराई मनिता मण्डल, कारोकुमारी साह र लोककुमारी दाहाललाई सम्मान गरिएको हो । कार्यव्रmममा महिला अधिकारका विषयमा काम गर्ने संघ संस्थाका महिलालाई समेत सम्मान गरेको इनरुवा नगर उपप्रमुख विनिताकुमारी मेहताले जनाइन् । उनले सभ्य र हिंसारहित समाज निर्माणमा सबैको महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सिटी सफारीका महिला चालकलाई सम्मान गरेको जानकारी दिइन् । महिलामाथि हुने हिंसाविरुद्ध जनचेतना जगाउने र समस्याहरूको समाधानका लागि कानूनी आधार तय गर्न सचेतनाका कार्यव्रmमसमेत गरिएको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्