नेभिगेशन
प्रदेश

हावाहुरीले पाँच घरका छाना उड्यो

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ दुरागाउँमा आइतबार दिउँसो आएको अचानक हावाहुरीका कारण पाँच घरको छाना उडेको छ भने १२ घरमा क्षति पुगेको छ । वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीका कारण करिब एक दर्जन घरमा आंशिक क्षतिसमेत पुगेको छ । क्षतिको यकिन विवरण संकलन भएपछि आवश्यक राहत तथा सहयोगका लागि पहल गरिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्