नेभिगेशन
उपत्यका

रविको मुद्दा फिर्ताविरुद्धको रिट मंगलबारसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट सोमबार हेर्दाहेर्दैमा परेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्धका दुई जटिल मुद्दा फिर्ता लिन गरेको निर्णयविरुद्धको रिटमा आइतबारदेखि सुनुवाइ जारी छ ।

लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र कानुनका विद्यार्थीले छुट्टाछुट्टै मुद्दा हालेका थिए ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरू शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासमा निरन्तर बहस भएपछि मंगलबारसम्मलाई हेर्दा हेर्दैमा राखिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्