नेभिगेशन
उपत्यका

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन् । 
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ जना कन्याको पूजार्चना गरेका हुन् ।
नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।
राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्