नेभिगेशन
प्रदेश

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत । भेरी नदीमा छोराछोरीसहित बेपत्ता गुर्भाकोट–१२ पिप्लेकी माया कठायतको शव फेला परेको छ । ११ वर्षकी छोरी आशा र ५ वर्षका छोरा दीपकसहित हराएकी मायाको शव सोमबार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेंसी–३ पटारेमा भेरी  किनारमा उनको शव भेटिए पनि दुई छोराछोरीको फेला नपरेको प्रहरीले जनाएको छ । उनीहरू आइतबारदेखि बेपत्ता थिए । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्