नेभिगेशन
प्रदेश

डुडुवा–२ मा आगलागी हुँदा पाँच घर जलेर नष्ट

बाँके । जिल्लाको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्णरूपमा नष्ट भएकामा नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जनाए ।
सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर जलेर नष्ट भएको जनाए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्