नेभिगेशन
विश्व

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन, संयमता अपनाउन, र जतिसक्दो छिटो वार्ताको माध्यमबाट युद्धविराम गर्न चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन्।

अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन्।

अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए।

चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले बताए। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताएका छन्। (रासस/सिन्ह्वा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्