नेभिगेशन
प्रदेश

ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

दाङ । गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्रयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्