नेभिगेशन
प्रदेश

हेलम्बुमा १५ शय्याको अस्पताल

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकामा १५ शैड्ढया क्षमताको अस्पताल निर्माण सम्पन्न भएको छ ।
दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता झेल्दै आएका हेलम्बुवासीहरू अब आफ्नै क्षेत्रमा आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्थामा पुगेका छन् । अस्पताल निर्माण सम्पन्न भएसँगै स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ । सो अस्पताल सञ्चालनमा आएपछि आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, सामान्य उपचार लगायतका आधारभूत स्वास्थ्य सुविधाहरू हेलम्बुवासीले आफ्नै गाउँपालिकाभित्रै प्राप्त गर्न सक्ने पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जनप्रतिनिधिहरूले अस्पताल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएका थिए । अस्पताल सञ्चालनसँगै हेलम्बु क्षेत्रको स्वास्थ्य सेवामा महŒवपूर्ण सुधार आउने विश्वास गरिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन ल्याएको स्थानीय बताउँछन् । स्थानीयस्तरमा विकासका काम नभएको भन्ने आलोचनाबीच अस्पताल निर्माण सम्पन्न हुनुलाई हेलम्बु गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्