नेभिगेशन
विश्व

इरानी सुरक्षा प्रमुख लारिजानी मारिए

तेहरान (एएफपी)– इरानका राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको छ । उनी मारिएको इरानले बुधबार पुष्टि गरेको हो । इजरायलले उनी मारिएको मंगलबार घोषणा गरे पनि इरानको भनाइ सार्वजनिक भएको थिएन । इजरायलले आफ्नो हवाई आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । अली लारीजानीको मृत्यु इरानका लागि ठूलो झड्का हो । करिब तीन हप्ता पहिले अमेरिका–इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवंगत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्