नेभिगेशन
खेलकुद

इयू टी २० मा सन्दीप

क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई बेल्जियमस्थित लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि–साइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ ।
सन्दीपले यो खेल कति रकममा खेलिरहेका छन् भने खुलाइएको छैन । इयू टी–२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । 
यो खेलमा क्रिस लिन, सोएब मलिक, शकिब अल हसन, आन्द्रे रसेलजस्ता खेलाडीहरू पनि सहभागी हुने बताइएको छ । 
यो खेल बेल्जियममा पहिलो पटक आयोजन हुने भएको छ । अस्ट्रेलियाको बीबीएल, भारतको आइपीएल, बाङ्लादेशको बीपीएल या पाकिस्तानको पीएसएलजस्तो बेल्जियमको इयू टी २० ठूलो प्रतियोगिता भने होइन । यसमा जम्मा ६ वटा टोलीले भाग लिने छन्, जसमा एन्तर्प एंकर्स, जेबी ब्रगिस, लिज रेड लायन्स, एक्सेल युनाइटेड ब्रसेल्स, गेन्ट टाइगर्स र लेवेन रहेका छन् ।
राउन्ड रोबिन र प्ले अफ फम्र्याटमा यो खेल खेलिने समाचारहरूमा जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्