नेभिगेशन
शिक्षा

केयूको हिमालयन युनिभर्सिटी कन्सोर्टियम

काभ्रे । काठमाडौं विश्वविद्यालयले (केयू) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ (मार्च १८ र १९) मा काठमाडौंमा रिट्रिट आयोजना गर्ने भएको छ । 
हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको रिट्रिटमा त्यस क्षेत्रका ३० भन्दा बढी उच्च शिक्षण संस्थाका उपकुलपति तथा प्रमुखहरू लगायत ७० जना विदेशी विज्ञको उपस्थिती रहनेछ । थाइल्यान्ड, म्यानमार, बङ्गलादेश, चीन, भारत र भुटान लगायतका देशका विश्वविद्यालयबाट सहभागीता रहने कार्यक्रममा दश देशका राजदूत तथा कूटनीतिज्ञहरूको पनि उपस्थिती रहने प्रवक्ता डा. उद्वव प्याकुरेलले जानकारी दिए । सहभागीहरूले भविष्यका लागि मार्गचित्र तयार गर्न तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्दर्भमा हिमालयन युनिभर्सिटी कन्सोर्टियमको वित्तीय दिगोपन सुनिश्चितताका लागि सहकार्यको खाका निर्माण गर्नेछन् । कन्सोर्टियममा आबद्ध हुन इच्छुक शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा द इनर्जी एण्ड रिसोर्सेज इन्स्टिच्युटको स्कुल अफ अड्भानस्ड स्टडिजका कुलपति प्रा डा विभा धवन प्रमुख वक्ता तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा आनन्दमोहन भट्टराई विशेष अतिथि रहनेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्