नेभिगेशन
प्रदेश

अपांगता छुट नदिने सवारीसाधन कारबाहीमा

झापा । सार्वजनिक यातायातका सवारीसाधनमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा लापरबाही देखिएको घटनापछि इलाका ट्राफिक प्रहरी कार्यालय दमकले सम्बन्धित सार्वजनिक यातायातमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिलाई छुट दिन आनाकानी हुने गरेको छ । अपांगता भएका व्यक्तिको अधिकार ऐन, २०७४ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ मा सार्वजनिक सवारीमा भाडा छुटको व्यवस्था गरिएको छ । अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधन बस, माइव्रmोबसमा कम्तीमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था छ तर काँकडभिट्टा–धरान रुटमा सञ्चालनमा रहेको पूर्वनेपाल यातायातको बसले एक अपांगता भएका यात्रुलाई कानून अनुसारको भाडा छुट नदिएको भन्दै उजुरी गरेपछि यसको कार्यान्वयनको विषयमा चासो दिएको हो ।
उजुरीपछि इलाका ट्राफिक प्रहरी कार्यालय दमकले सहजीकरण गर्दै सम्बन्धित बसलाई कारबाही गरेको हो । सार्वजनिक यातायातमा कानूनी व्यवस्था कार्यान्वयन गर्न थप कडाइ गरिने ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईले बताए । दुवै पक्षलाई राखेर छलफल गरिएको र आउँदा दिनमा यस्तो नगर्ने प्रतिबद्धता जनाएको राईको भनाइ छ । अपांगता भएका व्यक्तिको अधिकारको क्षेत्रमा व्रिmयाशील अगुवा मदन बोहोराका अनुसार सार्वजनिक सवारीसाधनले ऐन, कानूनमा लेखिएको कुरासमेत दिन अटेर गर्ने गरेका छन् । उनले भने, ‘सरकारले ऐन, ‘कानून बनाएर दिएको छुट पाउनु अधिकारको विषय हो ।’ सकेसम्म अपांगता भएका व्यक्तिलाई गाडीमा चढाउन नमान्ने र चढाएपछि पूरै भाडा लिने गरेको पाइएको भन्दै उनले यसको प्रभावकारी अनुगमनका लागि आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्