नेभिगेशन
नेपाल

पानी पार्ने प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने

काठमाडौं । हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ। 

हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्