नेभिगेशन
प्रदेश

वर्षाले बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपुर । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो । 
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ ।
दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्