नेभिगेशन
उपत्यका

दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं । भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको ओमजनता यातायातको बसले ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहालाई ठक्कर दिएको थियो । गम्भीर घाइते दुवैको राति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । 
बसचालक कपन बस्ने दोलखाका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्