नेभिगेशन
प्रदेश

सर्लाहीमा वन डढेलो सचेतना अभियान

सर्लाही । वन डढेलो सप्ताहाका क्रममा डिभिजन वन कार्यालयले विभिन्न कार्यक्रम सञ्चलान गरेको छ । अभियानअन्तर्गत वन कार्यालयले चैत १ गते देखी ७ गते सम्म वन डढेलो सचेतना ¥याली निकालेको हो ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारीता, तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित आयोजना गरिएको अभियानमा डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना, फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिंगर हटाउने तथा जलाउने काम भएका थिए । डिभिजन वन अधिकृत सन्तोशकुमार झाले वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए । तराईका जिल्लामा चैत वैशाखको समयमा वन डढेलोको जोखिम अत्याधिक हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्