नेभिगेशन
विश्व

ट्रम्प–सी शिखर वार्तामा ढिलाइले चीन फाइदामा !

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नेता सी जिनपिङसँगको महत्वपूर्ण शिखर वार्ता केही समय पर सार्न गरेको प्रस्तावले अन्ततः बेइजिङलाई नै फाइदा पु¥याउने देखिएको छ । इरानसँगको युद्धमा अमेरिका अल्झिरहँदा चीनले यसलाई आफ्नो पक्षमा पार्ने मौकाका रूपमा हेरेको छ । इरान मध्यपूर्वमा चीनको सबैभन्दा महŒवपूर्ण रणनीतिक साझेदार भएकाले यो ढिलाइले दुवै पक्षलाई युद्धसँग जोडिएका जटिलताहरूबाट बच्न समय दिने चिनियाँ स्रोतहरूको दाबी छ ।
विज्ञहरूका अनुसार यदि इरानसँगको द्वन्द्वले तेल आपूर्ति र विश्वव्यापी आर्थिक वृद्धिमा गम्भीर असर पा¥यो र ट्रम्पको पकड कमजोर भयो भने वार्ताको टेबलमा चीनको स्थिति अझ बलियो हुनेछ । चीनले वार्तामा हुने ५ देखि ६ हप्ताको ढिलाइबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसले बेइजिङलाई आफ्नो रणनीति तय गर्न थप खेल्ने ठाउँ दिएको छ । चिनियाँ विदेश मन्त्रालयले दुई देशको सम्बन्ध सुधार्न शीर्ष नेताहरूको भेटवार्ता ‘अपरिहार्य’ रहेको भन्दै सकारात्मक संकेत त दिएको छ, तर भित्रभित्रै भने सावधानी अपनाइरहेको छ ।
विशेष गरी, यदि इरान युद्धमा चिनियाँ नागरिक वा सम्पत्तिको ठूलो क्षति भयो भने ट्रम्पको चीन भ्रमण नै संकटमा पर्न सक्ने चेतावनी पनि दिइएको छ । सांघाईको फुदान विश्वविद्यालयका प्रोफेसर वु सिनबोका अनुसार युद्ध जति लम्बियो, ट्रम्पको हतासा र कमजोरी त्यति नै प्रस्ट हुनेछ, जसले गर्दा चीनसँगको वार्तामा उनी रक्षात्मक बन्नुपर्ने हुन्छ । फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पका केही कडा भन्सार नीतिहरू खारेज गरिदिएकाले पनि उनी पहिलेभन्दा कमजोर स्थितिमा छन् ।
विश्वका धेरै देशहरूले अहिले अमेरिकाको अनिश्चित व्यवहारका कारण चीनलाई बढी भरपर्दो साझेदारका रूपमा हेर्न थालेका छन् । यो परिस्थिति चीनका लागि आफूलाई शान्तिप्रिय विश्व नेताका रूपमा स्थापित गर्ने सुनौलो अवसर बनेको छ । वार्ताको तयारीका लागि पनि यो ढिलाइले दुवै पक्षलाई थप समय दिएको छ । कूटनीतिक रूपमा यो भेटवार्तालाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ, तर इरान युद्धले निम्त्याएको अनिश्चितताले यसको भविष्य अझै पनि ‘पर्ख र हेर’ को स्थितिमा छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्