नेभिगेशन
प्रदेश

दमकमा बर्ड फ्लु पुष्टिपछि सतर्कता

बिर्तामोड । दमक नगर क्षेत्रको एउटा फार्ममा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा रोक लगाइएको छ । १० नम्बर वडामा सञ्चालित लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि परीक्षण गरिएको थियो । संक्रमण फैलन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना ओसारपसारमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । उक्त वडामा ठूलासाना गरी करिब २५ कुखुरा फार्म रहेको वडाध्यक्ष राजेन्द्र भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्