नेभिगेशन
प्रदेश

साउनयता १७ गैंडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा १७ वटा गैंडा मरेका छन् ।  एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित  ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार चालु आर्थिक वर्ष बाघ ४, हात्ती ३ र चित्तल १८ वटा मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही  २÷२ वटा, अजिंगर, सुन गोहोरो १÷१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेर लगायत कारण मरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्