नेभिगेशन
खेलकुद

भूपेन्द्र र सुजन सम्मानित

नेपाल उमा कुङ्फु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।
संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, संघका उपाध्यक्ष रमेश महर्जन, डब्लूएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोल लगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरे । भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्याण्ड र बेलायतमा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र दुई रजत पदक जितेका छन् । सुजनले हालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा दुई स्वर्ण जितेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष राईले  खेलाडीले हासिल गरेको उपलब्धिले संघलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए । सम्मानित खेलाडी गुरुङले पाएको सही प्रशिक्षणले उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कक्षपतिले पहिलो अन्तर्राष्ट्रिय सहभागितमै स्वर्ण जित्न सफल भएकामा खुसी व्यक्त गर्दै यस सम्मानले मनोबल उच्च बनाउन थप हौसला मिलेको भएको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्