नेभिगेशन
प्रदेश

प्रहरी अपरेसनमा ४१४ मोटरसाइकल बरामद

कास्की । प्रहरीले कास्कीमा चलाएको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रमा लिएर कारबाही गरेको छ । मोटरसाइकल मोडिफाई गरी चर्को आवाज निकाल्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ देखि उक्त अपरेसन सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट सहरमा आतंक सिर्जना भएको गुनासोपछि यो अभियान सञ्चालन गरिएको हो । 
‘देशको पर्यटकीय राजधानीमा मोटरसाइकलबाट आतंक भएपछि यो अभियान सुरु गरेका हौं । अहिले अभियानसँगै प्रहरीले सहरसँगै ग्रामीण क्षेत्रमा पनि विशेष निगरानी गरेको छ,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्