नेभिगेशन
प्रदेश

पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट । सडक विस्तारका क्रममा खसेको पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । नुुवाकोटको शिवपुरी–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका एस्काभेटर अपरेटर अमृत तामाङको शव बुधबार साँझ निकालिएको छ । घटनामा मृत्यु हुनेमा अमृत र स्थानीय फूलमान तामाङ रहेको डीएसपी विक्रम लामाले बताए । गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा दिउँसो २ बजेतिर माथिबाट खसेको ठूलो ढुंगासहितको पहिरोमा पुरिएका दुवैको मृत्यु भएको हो । सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट निकालिएको थियो । निकाल्दा उनको मृत्यु भइरहेको थियो । पहिरोमा परेर स्काभेटरसहित बेपत्ता २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको टोलीले पाँच घण्टापछि बाहिर निकालेको हो । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्