नेभिगेशन
उपत्यका

युगान्डाका २० महिला ठमेलबाट पक्राउ

काठमाडौं । अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न अभियोगमा युगान्डाका २० जना महिला काठमाडौंको पर्यटकीइ क्षेत्र ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० देखि ४५ वर्षसम्मका महिला छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई कामपा–२६ ठमेल फायरचोकबाट पक्राउ गरेको हो । 
उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्