नेभिगेशन
प्रदेश

खसी भन्दै बाख्राको मासु बेच्नेलाई जरिवाना

मुगु । गमगढी बजारमा खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने तीन जना व्यापारी जरिवानाको कारबाहीमा परेका छन् । बजार अनुगमन समितिले जनही २०÷२० हजारका दरले जरिवाना गरेको हो । जिल्ला प्रहरी प्रमुख रबिराज थपलियाका अनुसार बाख्राको मासु बेचिरहेको सूचना आएपछि प्रहरीले छापामा मारेको थियो । बाख्रा काटेकै फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले बताए । जरिवानाको कारबाहीमा पर्नेमा रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावत, बोहोरा मासु पसलका सञ्चालक चक्र बोहोरा र आफन्त होटलका सञ्चालक रिसिम बुढा छन् । गमगढी बजारमा खसीको मासु प्रतिकिलो एक हजार रुपैयाँ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्