नेभिगेशन
उपत्यका

ठमेलबाट बंगलादेशी क्रिप्टो कारोबारी पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेका एक बंगलादेशी नागरिक ठमेलको छाया सेन्टरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कामपा–२६ ठमेल बस्ने बंगलादेशको पब्नाका २९ वर्षीय महमद शाहबुल इस्लाम छन् । उनको मोबाइल फोनबाट करिब ३० लाख ५० हजार बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको भेटिएपछि बुधबार पक्राउ गरिएकोजिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट नेरु ६० हजार, विभिन्न बैंकका ७ वटा एटीएम कार्ड, ३३ थान चेकबुक, विभिन्न बैंकमा खाता खोल्न प्रयोग हुने ७ वटा केवाइसी फाराम पनि बरामद भएपछि  मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा कार्बाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्