नेभिगेशन
उपत्यका

विशेष पूजापाठ गरेर सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री बालेन

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नवनियुक्त प्रधानमन्त्रीका रूपमा सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारमा पदबहाली गर्दै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपछि उनी साइत पारेर बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् । बालुवाटार प्रवेशअघि विशेष पूजापाठसमेत गरिएको थियो।

आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका शाहले शपथ, पदभार ग्रहण र मन्त्रिपरिषद् बैठक सम्पन्न गरेपछि औपचारिक रूपमा निवास प्रवेश गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्