नेभिगेशन
नेपाल
दुर्गा प्रसाईं

छुटे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश भएको छ  । बैंकिङ कसुरको मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो  । 

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई पत्राचार गरेको थियो ।

ब्यूरोले विशेष सरकारी वकीलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकीलले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

त्यस्तै, पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्