नेभिगेशन
प्रदेश

आगलागीमा १५ वर्षीय बालकको मृत्यु

मुगु । घरमा आगलागी हुँदा जुम्लाको तिला–३ कुडारीमा शुक्रबार मध्यरात १५ वर्षीय एक बालकको मृत्युु भएको छ । 
मृत्यु हुनेमा स्थानीय छितिज खत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्देश बरालले बताए । सुर्खेत बस्दै आएका उनी आगामी बिहीबार सुरु हुने एसईई परीक्षा दिनका लागि कुडारी आएका थिए । प्रहरीका अनुसार अन्न प्याकिङ गर्ने क्रममा बालिएको मैनबत्ती ननिभाई सुत्दा त्यसैबाट आगलागी भएको अनुमान गरिएको छ । घटना हुँदा घरमा छितिज एक्लै थिए । वडाध्यक्ष धनबहादुर शाहीका अनुसार आगलागी सुतेकै अवस्थामा निसास्सिएर बालकको मृत्यु भएको हुनसक्छ । उनका बाबु  भारतमा छन् भने आमा जिल्ला बाहिर छिन् । शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्