नेभिगेशन
शिक्षा

प्रवेश परीक्षा, तयारी कक्षा र ब्रिज कोर्स कार्यक्रम बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा, तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालन भइरहेका कार्यक्रम आगामी वैशाख १ गतेदेखि बन्द गर्न निर्देशन दिएको छ ।

विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रम तत्काल रोक्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने गरेको निष्कर्ष निकालिएको छ ।
यसका साथै मन्त्रालयले सबै शैक्षिक संस्थालाई विद्यार्थीमैत्री र समावेशी शिक्षण वातावरण निर्माण गर्न ध्यान दिन पनि आग्रह गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्