नेभिगेशन
प्रदेश

हेटौंडा सिमेन्टका अध्यक्ष भण्डारीको राजीनामा

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको पत्र आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्को २०८१ जेठ २४ को निर्णयअनुसार भण्डारीलाई  तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो । आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन विभिन्न चुनौतीका बीच निरन्तर प्रयास गर्दै पुराना मेसिनरी, प्रविधिगत सीमितता तथा आर्थिक अभावका बाबजुद उद्योगबाट हाल क्लिंकर उत्पादन र सिमेन्ट बिक्री प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्