नेभिगेशन
उपत्यका

लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ । बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो । त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेखेका थिए ।

शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको पनि उल्लेख गरेका थिए । उनी प्रधानमन्त्री भएलगत्तै शर्मा पक्राउ परेकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्