नेभिगेशन
प्रदेश

रोकिएन अवैध उत्खनन, केहीलाई कारबाही सिफारिस

बाँके । जिल्लाका विभिन्न नदी र खोलामा अवैध रूपमानदीजन्य पदार्थको उत्खनन र ओसारपसार गर्ने कार्यनिरन्तर जारी रहेको पाइएको छ । प्रहरीले पटक पटकअवैध उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिँदै आए पनि सो कार्य नरोकिएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य बालुवा, गिट्टीलगायतको उत्खनन गरेर ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएपछि अवैध उत्खनन निरन्तर भइरहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न आठवटा सवारीसाधन नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार प्रहरीले कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न एउटा जेसिबी, दुईवटा टिप्पर र एउटा ट्रयाक्टर गरेर चारवटा सवारीसाधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता पातलीले बताए ।
त्यस्तै बैजनाथ गाउँपालिका–२, मकैबारी क्षेत्रबाट जेसिबी एक, टिप्पर दुई र ट्रयाक्टर एक गरी चारवटा सवारीसाधन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा बुझाइएको छ । उनले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको जानकारी गराउँदै विभिन्न खोला र नदीमा निगरानी बढाइएको बताए ।
दोहन गर्नेलाई कारबाही सिफारिस
त्यसैगरी, कालीगण्डकी नदीको अवैध दोहन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिकासहितका सरो कारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
वातावरणीय प्रभाव मूल्यांङ्कन प्रतिवेदनले तोकेभन्दा बढी नदीजन्य पदार्थ दोहन गरेको जिल्लास्तरीय अनुगमन समितिले ठहर गर्दै दोहन गर्नेलाई कारबाही सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिए । 
समितिले अनुगमन गरेको स्थानमा थप सामग्री निकाल्न रोक लगाउन नगरपालिकालाई पत्राचार गरिएको पनि थापाले बताउनुभयो । दुई साताअघि जिल्ला समन्वय समिति, प्रशासन, प्रहरी, नगरपालिकासहितका सरोकारवाला निकायले बागलुङ नगरपालिका–१३ को कालाखोला र बागलुङ नगरपालिका–१ को मालढुङ्गा क्षेत्रमा अनुगमन गर्दा नदीमा एक्साभेटर प्रयो गगरी पाँच मिटरसम्मका खाडल बनाएर नदी कुरूप बनाएको भेटिएको थियो ।
समन्वय प्रमुख थापाले भने, ‘वातावरणीय प्रतिवे दनमा १.२० मिटरको ढुंगा र बालुवा उत्खनन गर्ने उल्लेख भए पनि प्राविधिकसहितको टोलीले अध्ययन गर्दा निर्माण कम्पनीले कालीगण्डकीमा एक्साभेटर लगाएर पाँच मिटरसम्मका खाडल बनाएको पाइयो । कालाखोला क्षेत्रमा प्रतीक निर्माण सेवाले अत्यधिक दोहन गरेकाले तत्काल रोक्न पत्राचार गरिएको छ भने कम्पनीले थुपारेको बालुवा घाटगद्दी गरेर लिलाम गर्न भनिएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्