नेभिगेशन
उपत्यका

लामिछानेको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले आइतबार पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएका हुन् । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबारदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा आइतबारका लागि राखिएको थियो ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चैत ५ गते उक्त रिटमा मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । रिटको पेसी आइतबारका लागि तय भएको थियो ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्