नेभिगेशन
नेपाल

स्थानीय तहमा ६३ उपसचिव सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा काजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन । 
खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा काज दिइएको मन्त्रालयले जनाएको छ । अन्य उपसचिवहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी प्रदान गरिएको छ ।
हाल मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न नगरपालिका तथा जिससमा पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्