नेभिगेशन
नेपाल

ओली–पुटिन भेटवार्ता : सिधा हवाई उडानको प्रस्ताव

काठमाडौं (संवाददाता) - सांघाइ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार साँझ तियान्जिनमा भएको द्विपक्षीय भेटवार्तामा ओलीले नेपाल–रुस सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्ने लक्ष्यसहित पनि छलफल भएको छ । नेपाली विद्यार्थीले पाउ“दै आएको छात्रवृत्तिको परिमाण बढाउनेबारे पनि दुई नेताबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच करिब २५ मिनेट एक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा थप छलफल पनि भएको थियो ।

प्रधानमन्त्री ओली शनिबारदेखि चीनको तियान्जिनमा जारी सांघाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी छन् । उनले सोमबार सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्