नेभिगेशन
प्रदेश

कोशी प्रदेशमा बर्डफ्लुको जोखिम

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संव्रmमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धराशायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा संव्रmमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिव्रmी दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौंको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी महाशाखाको तथ्यांक अनुसार चैत ३ गतेदेखि सुरु भएको सङ्व्रmमण हालसम्म तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा फैलिसकेको छ । महाशाखा प्रमुख दीपा दिवालीका अनुसार चैत १२ गतेसम्म मोरङमा छ, सुनसरीमा आठ र झापामा दुई वटा फार्मका ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८९७ लेयर्स र एक हजार १३५ वटा ब्रोइलर कुखुरा रहेका छन् ।
संव्रmमणका कारण बजारमा कुखुराको मासुको माग ह्वात्तै घटेको छ । विराटनगर–११ पिचरास्थित ‘न्यु क्वालिटी फ्रेस हाउस’ का सञ्चालक सन्तोष भुजेलले बर्डफ्लुको हल्लाले व्यापार ठप्प प्रायः भएको बताए । ‘केही साताअघिसम्म दैनिक ८० किलोसम्म मासु बिक्री हुन्थ्यो, अहिले दिनभरिमा पाँच किलो बेच्न पनि धौ धौ छ,’ भुजेलले भने, ‘पसलको भाडा उठाउनसमेत नसक्ने अवस्था छ ।’
यतिबेला अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ तर कुखुराको मासुको भाउ बजारमा घटिरहेको छ । उत्पादन घट्दा मूल्य बढ्ने अर्थशास्त्रको सिद्धान्तले यो क्षेत्रमा काम गरिरहेको छैन । उपभोक्तामा फैलिएको त्रासका कारण बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ६० रुपियाँमा झरेको छ तर बजारमा खरिदकर्ता न्यून छन् । धेरै जसो उपभोक्ताले कुखुराको विकल्पमा खसीको मासु वा शाकाहारी परिकार रोज्न थालेका छन् ।
उत्पादनतर्फ पनि किसानको अवस्था खस्किँदै गएको छ । लेयर्स कुखुरापालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बाँस्कोटाका अनुसार बजारमा कुखुराको मासुको माग ५० प्रतिशतले गिरावट आएको छ । बाँस्कोटा भन्छन्, ‘मोरङ र सुनसरीमा मात्रै ७४ वटा ठुला लेयर्स फार्म छन् । एकातिर कुखुरा नष्ट भइरहेका छन् भने अर्कोतिर उत्पादन भएको मासुले बजार पाएको छैन । ऋण लिएर व्यवसाय गरेका किसान सडकमा पुग्ने अवस्था सिर्जना भएको छ ।’
बर्डफ्लु नियन्त्रणका लागि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी संक्रमित क्षेत्रका कुखुरा नष्ट गर्ने र जैविक सुरक्षामा कडाइ गर्ने कार्य जारी राखेको छ । यद्यपि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले पोल्ट्री क्षेत्रको नोक्सानी अझै बढ्ने देखिएको छ ।
विराटनगरका अधिकांश फ्रेस हाउस अहिले ग्राहक पर्खेर बस्नुपर्ने अवस्थामा छन्, जसले समग्र प्रदेशकै मासुजन्य अर्थतन्त्रमा नकारात्मक असर पारेको छ ।
चितवनमा पनि सतर्कता 
बर्डफ्लु फैलिन थालेपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ । भरतपुर महानगरपालिका–४ का दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि उच्च सतर्कता अपनाइएको हो ।
पशुसेवा कार्यालय भरतपुरका वरिष्ठ मत्स्य अधिकृत डा. प्रभात न्यौपानेले भरतपुर–४ का दुई कुखुरा फार्मबाहेक अन्य फार्ममा बर्डफ्लु नदेखिएको जनाए । ‘बर्डफ्लु देखिएको फार्मका सबै कुखुरा नष्ट गरिसकेका छौँ, अन्य ठाउँमा भेटिएको छैन, उच्च सतर्कता अपनाएका छौँ,’ उनले भने ।
यही चैत १२ गते भरतपुर–४ का दुई वटा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । पशुसेवा कार्यालयले बर्डफ्लु देखिएका दुई वटा फार्मका झन्डै १९ हजार कुखुरा नष्ट गरिएको छ । एउटा फार्मबाट १८ हजार लेयर्स कुखुरा र अर्को फार्मबाट ९ सय ५० लोकल जातको कुखुरा नष्ट गरिएको डा. न्यौपानेले बताए ।
दुई फार्मका सबै कुखुरा नष्ट गरेर फार्मलाई बर्डफ्लुबाट सुरक्षित गरिएको कार्यालयले जानकारी दिएको छ । अहिले चितवनमा मात्र नभएर अन्य जिल्लामा पनि बर्डफ्लु भित्रिएको जानकारी आइरहेको छ । दुई फार्मबाहेक चितवनमा अन्त कतै भेटिएको छैन तर पनि हामीले उच्च सतर्कता अपनाउनुपर्ने बेला छ । चितवनलगायतका जिल्लामा बर्डफ्लु देखिएको पुष्टि भएपछि सरकारले सीमानाकामा कडाइ गर्न थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्