नेभिगेशन
प्रदेश

बाढी वस्तीमा, विस्थापित विद्यालयमा

कैलाली, १६ भदौ - अविरल वर्षाका कारण कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ घरका ७० जनालाई जनता मावि देउरालीमा सारिएको छ ।

त्यस्तै, वडा नम्बर–३ पटेराखल्लाका १५ परिवारका १० देखि १५ जनालाई जमुना आधारभूत विद्यालय जमुनाघारीमा सारिएको छ । त्यस्तै वडा नम्बर १० कान्तीटोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यलायमा राखिएको र सबै सुरक्षित रहेको उनले बताएका छन् ।

यस्तै, महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । डीएसपी बोहराका अनुसार नदीमा पानीको बहाब बढेर एक लाख ६२ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाब एक लाख पुग्नैबित्तिकै शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्