नेभिगेशन
शिक्षा

वैशाख २ देखि नयाँ शैक्षिक सत्र, देशभर पाठ्यपुस्तक वितरण

काठमाडौं । आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम वितरण गरिरहेको जनाएको छ।

केन्द्रले चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेको र पाँच दिनभित्रै करिब २५ लाख थान बिक्री भइसकेको जानकारी दिएको छ । शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पु-याउने लक्ष्यअनुसार छपाइ कार्य सम्पन्न गरी वितरण तीव्र बनाइएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।
यसैबीच, शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार भक्तपुरस्थित केन्द्रको कार्यालय तथा प्रेसको अवलोकन गरेका छन् । सो क्रममा केन्द्रको उत्पादन अवस्था र प्रगतिबारे जानकारी लिँदै उनले नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्