नेभिगेशन
प्रदेश

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लमजुङको मर्स्याङदी गाउँपालिका-७ उस्ता की ४० वर्षीया त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन् ।

बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङादीमा दुर्घटना भएको थियो । जिप सडकदेखि करिब ५०/६० मिटर तल खसेको थियो ।

घाइतेहरूलाई प्रदेश अस्पताल लमजुङमा लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरूमा जिप चालक २९ वर्षीय करण अधिकारी, ४० वर्षीया बिमला देवी घले, ६२ वर्षीय सन्त बहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ , ११ वर्षीय रितेश गुरुङ,  १० वर्षीया प्रिसिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले, ९ वर्षीय इन्द्र गुरुङ र ४८ वर्षीय रुद्रमान घले रहेका छन् ।

घाइतेमध्ये ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई थप उपचारका लागि नयाँ  मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्