नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा छुट

काठमाडौं (संवाददाता) - सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले पोखरास्थित हिमालयन फ्रन्ट होटेल प्रालिको सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटेलले सम्झौता गरी बैंकका ग्राहकलाई छुट दिने भएका हुन् ।

सम्झौता अनुसार ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गरेमा होटेलले छुट दिनेछ । होटेलसँगको सहकार्यले ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल भुक्तानीमा प्रेरित गर्ने  लक्ष्य लिएको बैंकले जनाएको छ । 

बैंकले ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्नका लागि विभिन्न क्षेत्रसँग सहकार्य गर्दै  आएको जनाएको छ । यस किसिमको सम्झौताले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्नुका साथै ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने बैंकको विश्वास छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्