नेभिगेशन
अर्थतन्त्र

मन्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय थापाथलीमा

काठमाडौं (संवाददाता) – मन्जुश्री फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । फाइनान्सले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ११, थापाथलीस्थित आफ्नै नयाँ भवनमा सारेको हो । 

नयाँ भवनको औपचारिक समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद अधिकारीले गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजराज तिमिल्सिनाले फाइनान्सले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फाइनान्सले नयाँ बानेश्वरस्थित कार्यालयलाई यथावत् राखी केन्द्रीय कर्पोरेट कार्यालय मात्र थापाथलीमा स्थानान्तरण गरिएको जनाएको छ । मन्जुश्री फाइनान्सले हालसम्म करिब २३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

कम्पनीले प्रतिस्पर्धी ब्याजदरमा निक्षेप संकलन तथा सुलभ दरमा कर्जा सुविधा प्रदान गर्दै आएको छ । देशभर २७ वटा शाखा र एकवटा विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको यो फाइनान्सले हालसम्म एक लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 

फाइनान्सले आफूलाई देशकै अग्रणी फाइनान्स संस्थाका रूपमा स्थापित गरिसकेको दाबी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्