नेभिगेशन
अर्थतन्त्र

हुन्डाइ क्रेटाको नेपालमा १० वर्ष 

काठमाडौं (संवाददाता) - हुन्डाइका गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा एसयूभी हुन्डाइ क्रेटा भित्र्याएको १०औं वर्ष पुरा भएको छ । नेपालमा सार्वजनिक भएदेखि नै आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण क्रेटा रुचाइएको एसयूभी बन्न सफल भएको छ ।

विशेष गरी कम्प्याक्ट एसयूभी सेगमेन्टमा क्रेटाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले जनाएको छ । वर्षौंदेखि विभिन्न मोडल तथा अप्रेड सार्वजनिक गर्दै पफर्मेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ । 

हालै सार्वजनिक भएको क्रेटा ईभीले नवीनतम प्रविधि र दिगो, वातावरणमैत्री यात्राको अनुभव थप्दै अझ आकर्षक बनाएको कम्पनीले दाबी गरेको छ । हुन्डाइका अनुसार, अहिलेसम्म क्रेटाले नेपालका हजारौं परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा प्रदान गरेको छ । 

हुन्डाइले आगामी दिनहरूमा पनि आधुनिक प्रविधि, गुणस्तर र प्रतिबद्धताका साथ क्रेटालाई परिस्कृत गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्