नेभिगेशन
अर्थतन्त्र

सनराइज होल्डिङ्स आइपीओ ल्याउने तयारीमा

काठमाडौं, (संवाददाता)– सनराइज होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २४ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीले शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्ति सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरेका छन् ।

सनराइज होल्डिङ्स लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरूमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरू पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्