नेभिगेशन
साहित्य

सुसेला काव्यशालामा नारायण ढकाल

काठमाडौंको सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकालका अनुभूति सुन्न एउटा भिड नै उर्लियो । सुसेला संगीत समूहको आयोजनामा शंखमूलस्थित उजामा क्याफेमा ढकालका कवितासहित साङ्गीतिक प्रस्तुति दिइएको थियो ।

कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो । ढकालले चार दशकअघि लेखेको एउटा गीतसमेत समेटिएको थियो ।

जीवनका आयामहरूमा ५ दशक लामो समयसम्म कतै न कतै सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञ, सांसदलगायत विभिन्न पहिचान बनाएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायतका पुस्तकहरू प्रकाशित छन् ।

साङ्गीतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा उपस्थित भई कविता वाचन गर्दा आफूलाई फरक अनुभूति भएको बताउँदै ढकालले कार्यक्रमको प्रशंसा गरेका थिए ।

खगेन्द्र सङ्ग्रौला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदविक्रम केसी लगायतको उपस्थिति रहेको थियो । दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार गर्नेगरी शुरु भएको सुसेला काव्यशाला आगामी दिनमा नियमित हुने आयोजक समूहले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्