नेभिगेशन
साहित्य

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । मर्स्यांङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरे र परिवारले १६ लाख रुपैयाँ प्रदान गरेका छन् । प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्