नेभिगेशन
खेलकुद

गुल्मीले जित्यो लुम्बिनी मुख्यमन्त्री कप भलिबलको उपाधि

काठमाडौँ । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ । 

प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात जितेको हो । अघिल्लो वर्षको विजेता गुल्मीले फाइनल खेलमा नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले पराजित गरेको हो । 

उपाधिसँगै गुल्मीले नगद रु एक लाख, ट्रफी र मेडल र दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले रु ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा रूपन्देही तेस्रो र प्युठान चौथो भएका छन् । 

रूपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान कायम गरेको हो । रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्