नेभिगेशन
प्रदेश

प्रधानमन्त्रीविरुद्ध अपमानजनक सामग्री बनाएको आरोपमा युट्युबर पक्राउ

पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री युट्युबमा प्रसारण गरेको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।

‘ज्बमभक’ नामक युट्युब च्यानलमा प्रकाशित सामग्रीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश