नेभिगेशन
शिक्षा

तारकेश्वरका विद्यालयमा आइतबार छैन बिदा

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आइतबार विद्यालय बन्द नगर्ने भएको छ । शैक्षिक संस्थाहरूका लागि तारकेश्वर गाउँपालिकाले शनिबार चार बुँदे निर्देशन दिंदै आइतवार विद्यालय पूर्ववत सञ्चालन हुने जनाएको छ । 
 

तारकेश्वर गापा  अध्यक्ष शिव अधिकारी अविरलले चारबुँदे निर्देशन दिदै आइतबार विद्यालय बन्द नहुने जानकारी गराएका हुन् । उनले २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा विद्यालय आयतवार वन्द नगरिने जनाएका छन् । 

संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको सन्दर्भमा तारकेश्वर गापा अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूका लागि चार वटा बुँदाहरूमा निर्देशन दिएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्